पशुपतिमा तीजको रौनक (फोटोफिचर)
काठमाडौं। सोमबार देशभर हरितालिका (तीज) पर्व धुमधामकासाथ मनाइँदैछ। तीज पर्वका अवसरमा बिहानैदेखि देशभरका शिवालयहरुमा पूजा तथा दर्शन गर्ने भक्तजनहरुको घुँइचो लागेको छ।
भाद्र शुक्ल तृतीयाका दिन मनाइने तीजका अवसरमा पशुपतिनाथ मन्दिरमा पनि बिहानैदेखि पूजा तथा दर्शन गर्ने भक्तजनहरुको भिड लागेको छ। दर्शनार्थीहरुको सहजताका लागि मन्दिरका चारवटै ढोका खुला गरिएका छन्।
मन्दिर प्रवेश गर्न चारवटा लाइन व्यवस्था गरिएको छ। विसं २०६५ सालदेखि भक्तजनका लागि बन्द गरी जल ल्याउन मात्र प्रयोग गरिएको पशुपतिनाथको पूर्वी ढोका आजदेखि सधैँका लागि खोलिएको छ।
रातो, पँहेलो र हरियो पहिरनमा सजिएका महिलाहरु छुट्टा छुट्टै समूहमा नाचगान गरि तीज पर्व मनाइरहेका छन्। उनीहरुको त्यो माहोललाई डिसी नेपालका पत्रकार कमल साउदले क्यामेरामा कैद गरेका छन्।
हेर्नुस् तस्वीर :















No ads found for this position

डिसी नेपाल
Facebook Comment