रास्वपा र एकीकृत समाजवादीमा संसदीय दलको नेता को ?
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) संसदीय दल नेताविहीन भएको छ । संसद्को चौथो ठ्ूलो दल रास्वपा र छैठौं ठूलो दल एकीकृत समाजवादी संसदीय दल नेताविहीन भए पनि दल नेता चयन गर्न चासो दिएका छैनन् ।
सहकारी घटना प्रकरणमा रास्वपा अध्यक्ष एवं संसदीय दलका नेता रवि लामिछाने पुर्पक्षका लागि थुनामा छन् । उनी थुनामा परेपछि पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी डोलप्रसाद (डीपी) अर्याललाई दिइएको छ । तर, संसदीय दलको नेता कहिले छान्ने भन्ने’boutमा रास्वपाले चासो दिएको छैन ।
रास्वपा संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठ रहेका छन् । लामिछानेको सांसद पद निलम्बनमा छ । प्रतिनिधिसभामा रास्वपाको २० सिट रहेको छ । रास्वपा प्रवक्ता एवं सांसदसमेत रहेका मनीष झाले संसदीय दल नेता छान्ने’boutमा पार्टीमा कुनै छलफल नभएको बताए ।
‘यस’boutमा पार्टीमा कुनै छलफल भएको छैन, कानुनी बाध्यता नभएकाले पनि होला हामीले अर्को संसदीय दलको नेता छान्नुपर्ने आवश्यकता छैन,’ रास्वपा प्रवक्ता झाले भने, ‘उहाँ (रवि) माथि लागेको अभियोग मात्रै हो, अदालतबाट प्रमाणित भएको छैन, त्यसैले हामीले दल नेता अहिले अर्को चयन गरेका छैनौं, हामी अझै प्रतीक्षामै छौं, उहाँले न्याय पाउनुहुन्छ ।’
रास्वपा अहिले देशैभरि हस्ताक्षर अभियान सञ्चालन गरिरहेको छ । देशैभरका पालिकास्तरमा एक र महानगरपालिका, उपमहानगरपालिकामा वडास्तरमै हस्ताक्षर संकलन गर्न एक–एक केन्द्र तोकिएको छ । पार्टीले अब कसरी अगाडि बढ्ने ? कुन विषयमा बढी ध्यान दिने ? रास्वपाले जनताको मुद्दा, आवश्यकतालगायतका विषयमा जनताको विचार बुझ्नका लागि यो हस्ताक्षर अभियान सञ्चालन गरिएको हो ।
रास्वपाजस्तै एकीकृत समाजवादी पनि संसदीय दल नेताविहीन छ । पतञ्जली जग्गा प्रकरणमा पार्टी अध्यक्ष एवं संसदीय दलका नेता माधवकुमार नेपालविरुद्ध विशेष अदालतमा मुद्दा चलिरहेको छ । सो मुद्दा दर्ता भएपछि नेपालको सांसद पद निलम्बनमा छ । उनको सांसद पद निलम्बनमा परेसँगै संसदीय दल नेताविहीन भएको हो । नेपाल ३५ लाख रुपैयाँ धरौटीमा रिहा भए पनि उनीमाथि मुद्दा चलिरहेकै छ ।
नेपाल पार्टी अध्यक्षका रूपमा नियमित काम गरिरहेका छन् । तर, दल नेताका रूपमा भने उनले काम गर्न पाएका छैनन् । एकीकृत समाजवादीका उपाध्यक्ष जगन्नाथ खतिवडाले दल नेता चयन गर्ने’boutमा पार्टीमा छलफल भइरहेको बताए । आउँदो २२ असार पार्टीको सचिवालय बैठकले यस’boutमा थप छलफल गर्दै निर्णय गर्ने उनले बताए ।
‘आउँदो २२ असारमा पार्टीको सचिवालय बैठक बस्दै छ । सो बैठकमा संसदीय दलको नेता चयन’boutमा छलफल हुने र संसदीय दललाई निर्देशन पनि दिन्छ,’ एकीकृत समाजवादीका उपाध्यक्ष खतिवडाले भने, ‘पार्टीको सचिवालय बैठकले निर्देशन दिएपछि प्रक्रिया पु¥याएर संसदीय दलले निर्णय गर्छ ।’
एकीकृत समाजवादीका अध्यक्ष नेपालविरुद्ध पतञ्जली जग्गा प्रकरणमा मुद्दा दर्ता भएपछि पार्टीभित्र नेतृत्व फेर्नेसम्मको आवाज उठेको छ । पार्टी स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले पार्टी नेतृत्व चयन गर्नका लागि विशेष महाधिवेशन गर्नुपर्ने भन्दै आवाज उठाएकी छन् ।
पार्टीसम्बद्ध युवा संघ नेपालको लुम्बिनी प्रदेश भेलालाई गत शनिबार सम्बोधन गर्दै नेतृ झाँक्रीले अध्यक्ष नेपालमाथि भ्रष्टाचार मुद्दा लागेको विषयलाई संकेत गर्दै ‘अब मरेको सिनो काँधमा हालेर हिँड्न नसक्ने’ टिप्पणी गरेकी थिइन् । उनले अध्यक्ष नेपालको विकल्प खोज्नुपर्ने आवश्यकता औंल्याएकी थिइन् ।
‘पार्टी बनाउने हो भने अब यस्तै संकटबाट हामी उठ्नुपर्छ, पार्टीमा अर्को ठूलो संकट छ, तपाईंहरू सबैलाई थाहा छ, पार्टीमा संकट छ, अध्यक्षकै ’boutमा संकट आयो, अब के गर्ने ? अब पार्टीलाई पुनर्गठन गरेर अगाडि बढ्ने हो, संकट आयो भनेर भाग्ने भनेको होइन । पार्टीलाई पुनर्गठन गरौं,’ झाँक्रीले भनेकी थिइन् ।
यही अवस्थामा लिएर जाँदा पार्टी नै विघटन हुनसक्ने खतरा उनले औंल्याउँदै अध्यक्ष नेपाललाई लक्षित गरी ‘सिनो बोकेर हिँड्न नसकिने’ बताएकी थिइन् । झाँक्रीले यस्तो टिप्पणी गरेपछि पार्टीको अनुशासन आयोगले उनलाई स्पष्टीकरण सोधेको छ । बुधबार स्पष्टीकरण सोध्दै आयोगले तीन दिनभित्रमा जवाफ पठाउन निर्देशन दिएको छ ।
तर, बिहीबार झाँक्रीले पार्टी अध्यक्ष नेपालविरुद्ध बोलेको भन्दै स्पष्टीकरण सोधिएको कुरामा कुनै सत्यता नरहेको दाबी गरेकी छन् । बिहीबार पार्टी केन्द्रीय कार्यालय आलोकनगर पुगेकी झाँक्रीले पार्टी अध्यक्षविरुद्ध बोलेको भन्दै स्पष्टीकरण सोधिएको हल्ला निराधार रहेको जिकिर गरिन् । अहिलेसम्म कुनै स्पष्टीकरण नसोधिएको र पार्टीका ठूला केही नेताले टेलिभिजनबाट स्पष्टीकरण सोधेको भनेर हल्ला फिँजाएको उनले दाबी गरिन् । उनले भनिन्, ‘केही शक्तिशाली पदाधिकारीहरूले मिडियामा स्पष्टीकरण सोध्नुभएको रहेछ, मलाई त सोधिएको छैन, टेलिभिजनमा स्पष्टीकरण सोधिन्छ, पार्टीबाट निकालिन्छ भन्ने सुनेको थिएँ, मैले बोलेको कन्टेनका हिसाबले, १५ गते ’boutमा कुनै क्रिया, प्रतिक्रिया नदिनु भनेर निर्देशन पनि जारी गरेको थियो ।’
उनले त्यो निर्देशनपछि प्रोत्साहन गरेको जस्तो बोलिरहेको बताइन् । ‘पार्टीलाई घाटा नहोस् भनेर सचिवालय बैठकमै दिन्छु, त्यसका लागि बोलाउनुस् भनेर निवेदन दिन आएकी हुँ,’ नेतृ झाँक्रीले भनिन् ।
झाँक्रीको यस्तो अभिव्यक्ति आएपछि पार्टी महासचिव घनश्याम भुसालले जथाभावी अभिव्यक्ति नदिन ध्यानाकर्षण गराएका थिए । नेतृ झाँक्रीले पार्टीलाई आफ्नो कारणले कुनै हानि नहोस् भनेर आफ्नो तहको बैठक नभए पनि सचिवालय बैठकमै आएर आफ्नो ’boutमा छरिएका भ्रम’boutमा जान्ने चाहनाअनुसार निवेदन दिएको बताइन् ।
तर, एकीकृत समाजवादीका उपाध्यक्ष खतिवडाले पार्टीको अनुशासन आयोगले झाँक्रीलाई स्पष्टीकरण सोधेको बताए । झाँक्रीले पार्टीले स्पष्टीकरण सोधेको छैन भन्ने विषयमा खास कुरा के हो भन्ने प्रश्नमा उपाध्यक्ष खतिवडाले भने, ‘पार्टीको अनुशासन आयोगले उहाँ (झाँक्री)लाई स्पष्टीकरण सोधेको छ । त्यसले निश्चित समय दिएको छ, त्यो समयअनुसार उहाँले स्पष्टीकरण दिनुहुनेछ भन्ने हामीलाई विश्वास छ ।’
उनले पार्टीको बैठकमा पनि कुरा राखेको हो भन्ने अर्को प्रश्नमा खतिवडाले भने, ‘होइन, उहाँ यो सचिवालयको बैठकमा आउनुहुन्न ’cause उहाँ स्थायी कमिटी सदस्य हो, सचिवालय सदस्य होइन ।’
पार्टी सचिवालय बैठकमा झाँक्रीलाई पार्टीबाटै निष्कासन गर्नुपर्नेसम्मको प्रस्तावमाथि छलफल भएको बताइएको छ । केही नेताहरूको समय अभाव र महासचिव घनश्याम भुसाल बिरामी भएर बैठक स्थगित गरिएको भनिए पनि झाँक्रीलाई पार्टीबाटै निष्कासन गर्नुपर्ने प्रस्ताव बैठकमा छिरेपछि बिहीबारको बैठक स्थगित गरिएको बताइएको छ ।







डिसी नेपाल








Facebook Comment