युक्रेनको राजधानी किभमा रुसी ड्रोन आक्रमण

डिसी नेपाल
२० असार २०८२ १५:३७
124
Shares

काठमाडौं । युक्रेनी अधिकारीहरूका अनुसार रातभरि भारी रुसी आक्रमणपछि शुक्रबार बिहान कीभ धुवाँको बादलले ढाकिएको थियो।

युक्रेनले भनेको छ कि अँध्यारो हुँदै जाँदा, हवाई रक्षा बन्दुक र ड्रोनको आवाज र ठूलो विस्फोटहरू गुन्जाउन थाले। रूसले रातभर ५५० ड्रोन आक्रमण र ११ वटा मिसाइल प्रहार गर्यो।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच भएको फोन वार्ताको केही घण्टापछि युक्रेनमा यो आक्रमण भएको हो।

यो कुराकानीपछि, अमेरिकी राष्ट्रपतिले पुटिन युक्रेन विरुद्धको युद्ध अन्त्य गर्न तयार नभएकोमा आफू “निराश” भएको बताए।

बिहीबार पुटिनसँगको वार्तापछि ट्रम्पले लडाईं अन्त्य गर्ने दिशामा “कुनै प्रगति” नभएको बताए। युक्रेनी ड्रोन आक्रमणमा रुसमा एक महिलाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *