ब्राजिलमा फैलियो बीवाइडी, ल्याटिन अमेरिकाभर विस्तार गरिने

डिसी नेपाल
२२ असार २०८२ १३:२८
152
Shares

एजेन्सी। चिनियाँ अटो ब्रान्ड बीवाइडीले आफ्नो उत्पादन ब्राजिलमा विस्तार गरेको छ। पहिलो पटक ब्राजिल निर्मित कारहरू सार्वजनिक गर्दै बीवाइडीले आफ्नो उत्पादन ब्राजिलमा डेब्यू गराएको हो।

हालै ब्राजिलमा रहेको आफ्नो नयाँ प्लान्टबाट पहिलो बीवाइडीका इलेक्ट्रिक कारहरू सार्वजनिक गरेको हो। हाल कम्पनीका सवारी साधनहरू अझै पनि प्रायः चीनबाट एसेम्बल हुने गरेका थिए। तर बीवाइडीले समयसँगै स्थानीय उत्पादन र पार्टपुर्जा सोर्सिङलाई निरन्तर बढाउने योजना अनुरुप ब्राजिलमा काम सुरु गरेको हो।

‘हामी स्थानीय अधिकारीहरू र उद्योगहरूसँग नजिकबाट काम गरिरहेका छौं। ताकि उनीहरूलाई अद्यावधिक प्रविधिहरू प्राप्त गर्न मद्दत गर्न सकियोस्। र हामी १५० भन्दा बढी स्थानीय विक्रेताहरूलाई हाम्रो आपूर्तिकर्ता हुन योग्य बनाउने प्रक्रियामा छौं,’ बीवाइडीका कार्यकारी उपाध्यक्ष स्टेला ली ले भने।

कार सार्वजनिकसँगै ब्राजिलले चीन र चिनियाँ व्यापारसँग निर्माण गरिरहेको बलियो सम्बन्धमा एउटा कोसेढुङ्गा भएको दाबी गरिएको छ। बीवाइडीले सबैभन्दा बढी विक्री हुने गरेको शहरी इभी डल्फिन मोडल हुँदै अब सङप्रो र बीवाइडी किङ विस्तार गर्नेपनि जनाएको छ।

कम्पनीका ब्राजिल अध्यक्ष टायलर लीका अनुसार अन्य देशहरूमा निर्यात गर्न सवारी साधनहरू उत्पादन गर्ने साथै केही मोडेलहरू विशेष रूपमा डिजाइन गरिनेछ।
अमेरिकी अटोमेकर फोर्डले प्रयोग गर्ने साइट अधिग्रहण गरेपछि मार्च २०२४ मा बीवाइडीले आफ्नो काम सुरु गरेको थियो।

उक्त प्लान्टबाट प्रति वर्ष १ लाख ५० हजार सवारी साधन बनाउने क्षमताको साथ सुरु भएको र दोस्रो चरणमा यसलाई दोब्बर बनाउने योजना छ। ब्राजिल निर्मित कारहरु ल्याटिन अमेरिकाभरि विस्तार गरिने योजना छ। (सीसीटीभीप्लस)


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *