अमेरिकाको मध्य टेक्सासमा विनाशकारी बाढी : उद्धार कार्य जारी
एजेन्सी । अमेरिकाको मध्य टेक्सासमा आएको विनाशकारी बाढीमा १५ बालबालिकासहित कम्तिमा ५० जनाको मृत्यु भएको छ।
बेपत्ता दर्जनौं मानिसहरूको खोजी कार्यजारी छ। खोज्न दौडिरहेका छन्। सबैभन्दा खराब मानिएको केर काउन्टीमा ४३ जनाले ज्यान गुमाएका छन्।
त्यस्तै क्रिश्चिअन युथ क्याम्प’ २७ जना बालबालिका अझै हराइरहेको अधिकारीहरूले बताएका छन्। अहिलेसम्म करिब ८५० जनाको उद्धार गरिएको छ।
ट्राभिस काउन्टी र टम ग्रिन काउन्टीसहित राज्यका अन्य स्थानमा पनि मानिसहरूको मृत्यु भएको पुष्टि भएको छ। केर काउन्टी, जहाँ अचानक आएको बाढीले पनि तहसनहस पारेको थियो।
त्यहाँको ग्वाडालुप नदीमा शुक्रबार बिहान सबेरै तीन घण्टा भित्र पानीको सतह २.३ मिटरबाट बढेर ९ मिटर पुगेको छ।
जुन अमेरिकी राष्ट्रिय मौसम सेवाका अनुसार रेकर्डमा दोस्रो उच्चतम स्तरमा पुगेको छ। नदी र जलाशयहरूमा पानीको बहाव बढ्दै जाँदा यस क्षेत्रभरि बाढीको चेतावनी जारी छ।
समुदायले ज्यान गुमाएकाहरूको शोक मनाइरहेका र अझै हराइरहेकाहरूको लागि आशामा बाचिरहेका छन्। (सीसीटीभीप्लस)
No ads found for this position


डिसी नेपाल
Facebook Comment