जन्म, विवाह र मृत्यु दर्ता गर्दा अनिवार्य विरुवा रोप्नुपर्ने
मुगु । मुगुको पश्चिमी भेगमा पर्ने खत्याड गाउँपालिका-६ को वडाले वडाबासीलाई जन्म, विवाह र मृत्यु दर्ता गर्दा वृक्षारोपण अनिवार्य गर्नुपर्ने प्रावधान ल्याएको छ।
विवाह दर्ता गर्दा अनिवार्य दुई वटा र मृत्यु दर्ता गर्दा एकवटा विरुवा रोप्नुपर्ने प्रावधान लागू गरेको हो।
पछिल्लो समय जलवायु परिवर्तनका कारण केरा नफल्ने ठाँउमा केरा फल्न थालेको, लामखुट्टे हिमालमा पनि पुग्न थालेको, खानेपानीको मूहानहरु सुक्न थालेकोलगायतका समस्याहरु देखिन थालेपछि वडा नयाँ अभियान सुरु गरेको हो।
जन्म, विवाह र मृत्यु दर्ता गर्दा विरुवा रोप्नेहरुलाई सोही अनुसार सरकारी सेवा उपलब्ध गराइने व्यवस्था वडा सरकारको नीति सर्वदलीय र सर्वपक्षीय आम वडाबासीको सहभागितामा लागू गरिएको हो।
जन्म, विवाह र मृत्यु दर्ता गर्ने ३५ दिनको समयभित्र आउने वडाबासीले बिरुवा रोपेको फोटो र भिडियो साथमा ल्याउनुपर्नेछ। उक्त अभियान प्रभावकारी हुँदै गएको वडा नम्बर ६ का वडा अध्यक्ष भरत बहादुर शाहीले बताए।







डिसी नेपाल







Facebook Comment