इजरायल र हमासबीचको युद्धविराम वार्ता निष्कर्षविहीन टुंगियो

डिसी नेपाल
२३ असार २०८२ १४:२७
204
Shares

काठमाडौं । एक प्यालेस्टिनी अधिकारीले बीबीसीलाई बताएअनुसार इजरायल र हमासबीचको अप्रत्यक्ष युद्धविराम वार्ता कुनै नतिजा बिना नै समाप्त भएको छ।

अधिकारीका अनुसार युद्धविराम सम्बन्धी वार्ता कतारको राजधानी दोहाका दुई फरक भवनमा करिब साढे तीन घण्टा चलेको थियो।

कतार र इजिप्टका मध्यस्थकर्ताहरू मार्फत दुवै पक्षबीच सन्देश आदानप्रदान भए पनि युद्धविराममा कुनै प्रगति भएन।

अधिकारीले सोमबार फेरि वार्ता सुरु हुने अपेक्षा गरिएको बताए। मध्यस्थकर्ताहरूले दुई पक्षबीचको अवरोध र मतभेद कम गर्न प्रत्येक प्रतिनिधिमण्डलसँग छुट्टाछुट्टै वार्ता गर्ने योजना बनाएका छन्।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू अमेरिकी राष्ट्रपतिलाई भेट्न वाशिंगटन जाँदै गर्दा अप्रत्यक्ष वार्ता भइरहेको छ।

नेतान्याहूले सोमबार अमेरिकी राष्ट्रपतिसँगको भेटघाटले बन्धकहरूको रिहाइ र गाजामा युद्धविरामको सम्झौतातर्फ प्रगति हुने आशा व्यक्त गरे।

उनले आफ्ना वार्ताकारहरूलाई इजरायलको सर्तमा मात्र युद्धविराम सम्झौतामा प्रवेश गर्न स्पष्ट निर्देशन दिएको बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.