त्रिशुली नदिको किनारामा भेटियो पुरुषको शव
चितवन । चितवनको इच्छाकामना गाउँपालिका–६ कालिखोलास्थित त्रिशुली नदिको किनारामा एक पुरुषको शव फेला परेको छ।
अन्दाजी ४५/५० वर्षीय पुरुषको केही अंग नभएको शव रहेको भन्ने खबर पाउनासाथ मनसुजन्य विपद् प्रयोजनार्थ सशस्त्र प्रहरी बल नेपाल अस्थायी सुरक्षा वेश भालढुङ्गबाट खटिएको सुरक्षा फौज र नेपाल प्रहरीको संयुक्त टोलीले आवश्यक मुचुल्का उठाई भरतपुर जिल्ला अस्पतालतर्फ पठाएको छ। फेला परेका शवको भने पहिचान हुन सकेको छैन। शव गत असार २४ गते रसुवा बाढीमा बेपत्ता व्यक्तिको हुन सक्ने आशंका गरिएको छ।
यसैगरी असार २५ गते म्याग्दी, मालिका गाउंपालिका (३ लुप्सीपारमा पहिरोमा पुरिएर बेपत्ता वर्ष १३ को सरोज विकको शव सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म म्याग्दी र नेपाल प्रहरीको संयुक्त टोलीले २६ गते १३:२५ बजे फेला पारेको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment