रौतहटमा पुरुषको शव फेला, नदीमा डुबेर बालक बेपत्ता
रौतहट । रौतहटमा एक पुरुषको शव फेला परेको छ भने नदीमा डुबेर एक बालक बेपत्ता भएका छन। दुर्गा भगवती र यमुनामाई गाउँपालिकाको सीमा क्षेत्रमा पर्ने झाँझ खोलामा विहीवार पुरुषको शव फेला परेको हो।
झाँझ खोलामा पुल नजिक शव तैरिदै गरेको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खवर गरेका थिए। तत्काल घटना स्थलमा पुगेको प्रहरी टोलीले शवलाई नदीबाट बाहिर निकालेको हो।
गौर पिपरा सडक खण्ड अन्तर्गत पर्ने झाँझा खोलाको पुल नजिक पानीमा तैरिरहेको अवस्थामा पुरुषको शव फेला परेको र पहिचान खुल्न नसकेको रौतहट प्रहरी निरीक्षक रुद्रराज कडेलले जानकारी दिए। शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा राखिएको उनले बताए।
माधवनारायण नगरपालिका–८ वागमती नदीमा दाउरा टिप्न गएका एक बालक डुबेर बेपत्ता र एकको उद्घार गरिएको छ।
स्थानिय विन्देश्वर पासवानको १३ बर्षीय छोरा सुधिर पासवान र रामप्रवेश पासवानको १३ बर्षीय छोरा शिवजीकुमार पासवान बुधवार दिउसो २ बजे नदीमा बाढी आएपछि खोलाको बिच धारमा फसेका थिए।
स्थानीय बासिन्दाहरुले नजिकमा रहेको इलाका प्रहरी कार्यालय पिपरा राजवाडा र सशस्त्र प्रहरीको वेस क्याम्प भलोहियालाइ खबर गरेका थिए।
प्रहरी टोली घटना स्थलमा पुग्दा बालक सुधिर पासवान बगिसकेका थिए भने अर्को बालक शिवजीकुमार पासवानलाई सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।







डिसी नेपाल







Facebook Comment