विवाह भन्दा अगाडि नै आमा बनिन् चर्चित अभिनेत्री ब्रूना

डिसी नेपाल
१७ भदौ २०७६ ८:१९

मुम्बई। मोडल तथा अभिनेत्री ब्रूना अब्दुल्लाह आमा बनेकी छन्। ब्रूनाले आफ्नी छोरीको तस्वीर सामाजिक सञ्जालमा शेयर गर्दै आफू आमा बनेको सन्देश दिएकी छन्।

ब्रूनाले सामाजिक सञ्जालमा लेखेकी छन्–मलाइ परिवारको नयाँ सदस्यको परिचय गराउँदा निकै खुशी अनुभव भइरहेको छ। छोरीको नाम इसाबेला हो र उनको जन्म ३१ अगस्टमा मुम्बईमा भएको हो।’

ब्रूना ब्राजिलियन मोडल हुन् र उनले कयौं हिन्दी फिल्ममा काम गरिसकेकी छन्। उनले गत वर्ष जुलाईमा ब्रिटिश ब्याइफ्रेण्ड एलान फ्रेजरसँग विवाह गरेकी थिइन्।

तर उनी विवाह भन्दा पहिला नै गर्भवती भएकी थिइन्। ब्रूनाले आमाको मुख हेर्ने दिनको एक दिन पहिला आफू गर्भवती भएको सार्वजनिक गरेकी थिइन्।

गत वर्ष एक अन्तर्वातामा ब्रूनालाई विवाह भन्दा पहिला आमा बन्नु कस्तो हो? भनेर सोधिएको थियो। जवाफमा उनले विवाह एउटा प्रमाणपत्र मात्र भएको बताएकी थिइन्।

विवाहपछि दुवै जनालाई एकैसाथ बस्न बाध्य पार्ने काम र केही मानिस विवाह नगरी पनि सँगै बस्ने गरेको उनले बताएकी थिइन्।

ब्रूनाले आइ हेट लभ स्टोरी, ग्र्याण्ड मस्ती, मस्तीजादे र क्यास जस्ता फिल्ममा काम गरिसकेकी छन्। त्यस बाहेक उनले कयौं रियालिटी शोमा पनि काम गरेकी छन्। ती मध्ये खतरोंके खिलाडी, नच बलिए सिजन–६ र कमेडी क्यासेज उल्लेखनीय छन।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *