काठमाडौंबाट ४० किलो गाँजासहित पाँच जना पक्राउ

डिसी नेपाल
२७ असार २०८२ ११:३९
28
Shares

काठमाडौं । प्रहरीले काठमाडौंबाट ४० किलोग्राम गाँजासहित पाँच जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी अपिलराज बोहराका अनुसार पक्राउ पर्नेमा धादिङ गजुरी–४ का निराजन चेपाङ, प्रकाश चेपाङ र शंकर चेपाङ, काठमाडौं महाराजगञ्जका जीवन प्रजा र सुमन चेपाङ छन्।

उनीहरूको साथबाट प्रहरीले एक लाख २५ हजार नगदसमेत बरामद गरेको छ। उनीहरूले काठमाडौं कोटेश्वरस्थित सुननम चेपाङको डेरामा लुकाइछिपाई राखेको अवस्थामा सो परिमाणको गाँजा राखेको र बिक्री वितरण गरेको प्रहरीको भनाइ छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.