सुशासन कायम गर्न पत्रकारिताको भूमिका महत्वपूर्ण : मन्त्री चौधरी

डिसी नेपाल
२७ असार २०८२ १३:१०
132
Shares

काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले भ्रष्टाचारलाई निरुसाहित गरी सुशासन कायम गर्न पत्रकारिताको महत्वपूर्ण भूमिका हुने बताएका छन्।

शुक्रबार युवा पत्रकारिता पुरस्कार वितरण समारोहमा बोल्दै उनले निष्पक्ष पत्रकारिताले सुशासन कामय गर्न भूमिका खेल्ने बताएका हुन्।

उनले भने, ‘पत्रकार साथीहरु म आग्रह गर्न चाहन्छु, तपाईहरु भ्रष्टाचारलाई निरुत्साहित गर्दै सुशासन कामय गर्न तपाईहरुको अहम भुमिका रहन्छ। खरिद ऐन खेलकुद विकास ऐन मान्नुपर्छ। हामीले निश्पक्ष पत्रकारिता गर्ने कि नगर्ने ?’

उनले पत्रकारलाई सम्बोधन गर्दै खेलकुद मन्त्रालयको कमी कमजोरीलाई औलाई पहलकदमी लिन आग्रह समेत गरे।

युवा तथा खेलकुद मन्त्रालयले प्रदान गर्ने युवा पत्रकारिता पुरस्कार कान्तिपुर पब्लिकेशन्सका प्रकृति दाहाल र गगनशीला खड्का, अन्नपूर्ण मिडिया नेटवर्ककी ममता थापा र राष्ट्रिय समाचार समितिका सुशील दर्नाललाई प्रदान गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *