मध्यताँदी खोला जलविद्युत् आयोजनामा लगानी जुट्यो

डिसी नेपाल
२८ असार २०८२ १२:३२
104
Shares

काठमाडौं । नुवाकोट जिल्लाको ताँदी खोलामा निर्माणाधिन मध्यताँदी खोला जलविद्युत् आयोजनाका लागि लगानी जुटेको छ।

दुप्चेश्वर महादेव हाइड्रो कम्पनी प्रालिले निर्माण गरिरहेको ५.५ मेगावाटको आयोजनाका लागि कुल लागत १ अर्ब १० करोड रुपैयाँमध्ये ७१ करोड ४४ लाख रुपैयाँ प्रभु बैंकले लगानी गर्ने भएको छ।

शुक्रबार काठमाडौंमा जलविद्यूत आयोजनाको लगानीका लागि भएको लगानी सम्झौतापत्रमा आयोजनाका तर्फबाट अध्यक्ष अनिल जोशी र प्रभु बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनको उपस्थितिमा प्रोजेक्ट हेड दिपेश पोखरेलले हस्ताक्षर गरेका छन्।

यो आयोजनाका लागि प्रभु बैंकको तर्फबाट एकल लगानी रहनेछ भने बाँकी लगानी निर्माण कम्पनी दुप्चेश्वर महादेव हाइड्रो कम्पनी प्रा.लि.ले गर्नेछ। आयोजनामा बैंकले ६५ र निर्माण कम्पनीले ३५ प्रतिशत लगानी गर्ने सम्झौता भएको छ।

नुवाकोट जिल्लाको दुप्चेश्वर गाउँपालिकाको वार्ड नं ६ मा आयोजना निर्माण शुरु भइसकेको छ। अहिले सडक, आवासगृह लगयातको निर्माण भइरहेको आयोजनाका प्राविधिक सल्लाहकार इञ्जिनियर सरोज खनालले जानकारी दिए। १५ महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजनाबाट उत्पादित विद्युत ६ किलोमिटर लामो प्रशारण लाइनमार्फत् नुवाकोटस्थित समुद्रटार सवस्टेशनमार्फत राष्ट्रिय प्रशारण लाइनमा जोडिने छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.