राप्रपा मकवानपुरको दोस्रो क्षेत्रीय अधिवेशन सुरु

डिसी नेपाल
२८ असार २०८२ १३:२६
16
Shares

मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मकवानपुर क्षेत्र नं. १ (ख) को दोस्रो क्षेत्रीय अधिवेशन भव्य रूपमा सुरु भएको छ। हेटौंडा–४ स्थित बालकुमारी पार्टी प्यालेसमा आयोजित कार्यक्रम मकवानपुर प्रतिनिधिसभा क्षेत्र नं. १ का सांसद तथा राप्रपाका केन्द्रीय नेता दिपक बहादुर सिंहको प्रमुख आतिथ्यमा सुरु गरिएको हो।

अधिवेशनको उद्घाटन सत्रमा पार्टीका विभिन्न तहका नेताहरू, कार्यकर्ता, स्थानीय प्रतिनिधिहरू तथा शुभेच्छुकहरूको उल्लेखनीय उपस्थिति देखिएको छ। कार्यक्रममा मुलुकमा राजसंस्था पुनःस्थापना, हिन्दु राष्ट्र र सशक्त स्थानीय संगठन निर्माणका विषयमा विशेष जोड दिइएको छ।

अधिवेशनको क्रममा क्षेत्रीय नेतृत्व चयन, संगठन सुदृढीकरण र आगामी राजनीतिक रणनीतिहरूको पनि व्यापक छलफल गरिने जनाइएको छ।

राप्रपाले यस अधिवेशनलाई संगठनात्मक दृष्टिले महत्वपूर्ण अवसरको रूपमा लिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *