माआवादीका लागि कांग्रेसमा कारबाही
काठमाडौं। शेरबहादुर देउवा नेपाली कांग्रेसका लागि एक कलंक नै हुन् भन्दा फरक पर्दैन।
०७९ सालको निर्वाचनमा बागी उम्मेदवारलाई सघाएको वा माओवादी केन्द्रका उम्मेदवारलाई जिताउन सहयोग नगरेको आरोप लगाउँदै आफ्ना पार्टीका नेता तथा कार्यकर्तालाई कारबाही गरेर नालायकी गरेका हुन्। किनकि माओवादीले कांग्रेसलाई धोका दिएर राजनीति उथलपुथल भइसकेको छ।
तर देउवाले भने आफ्नै पार्टीका नेता कार्यकर्तालाई कारबाही गर्न मरितुलेका छन्। त्यो भनेको आन्तरिक किचलो हो। जसरी एमालेमा आफूलाई सहयोग नगर्नेे जति सबैलाई भीम रावल बनाउने अध्यक्ष केपी ओलीको रणनीति छ त्यसरी नै कांग्रेसमा देउवाले आफू इतरका शेखर कोइराला पक्ष र गगन थापा पक्षका नेता कार्यकर्तालाई पार्टीबाट हटाउने वा निलम्बन गर्ने गरेका छन्।
तीन वर्ष अगाडिको प्रसङ्गलाई भुलेर अहिले ती कारबाही गर्ने नेता कार्यकर्तालाई नयाँ जिम्मेवारी दिएर अगाडि बढाउनु पर्ने बेलामा भएका नेता कार्यकर्ता पनि हटाएर कांग्रेस ८४ सालमा सानो दलमा सीमित हुने बाटोमा पुगेको छ। कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा डा शेखर कोइरालाले सटिक प्रसङ्ग उठाएका थिए। त्यो हो आफूलाई सहयोग गर्ने जो पनि प्यारो र असहयोग गर्नेलाई कांग्रेस भए पनि कारबाही गरेर कम्युनिष्ट बनाइदिने बाटोमा।
देउवा र ओलीको रणनीति नै उस्तै छ। यस्तो लाग्छ कांग्रेसबाट बाहिरिएकालाई ओलीले लिने र एमालेबाट बाहिरिएर देउवाले लिने रणनीति बनाए यो अपवित्र गठबन्धन सरकार अझै वर्षौं टिक्ने थियो। शेखरले डलरे उद्योगपछि विनोद चौधरी केन्द्रीय सदस्य बन्नु नै दुर्भाग्य भएको बताएका छन्।
त्यसको प्रमुख कारण के हो भने उनी पहिले कम्युनिष्ट थिए। देउवाले उनलाई चोख्याएर भित्र्याए। पहिले ओलीलाई सघाएका चौधरी अहिले देउवालाई सघाउन आएका छन्। हुन पनि बिना नीति र विधि चौधरीलाई भित्र्याउनु जत्तिको दुःखको विषय अरु हुनै सक्दैन भनेर शेखरले भनेका छन्।
फेरि चौधरीलाई चुनावमा नसघाएको भनेर देउवाले शेखरका नजिकका नेताहरुलाई छानिछानि कारबाही गरिरहेका छन्। अहिले शेखर र गगनका नेताहरु छानिछानि कारबाहीमा परेका हुन्। अरुलाई पनि कारबाही गर्ने नीति बनाइरहेको छ।
देउवाले आफू १५ औँ महाधिवेशनमा सभापतिमा नउठ्ने भने पनि आफ्नी श्रीमती आरजूको लाइन मिलाउन देउवाले शेखर र गगनको खुट्टा तानिरहेका छन्। देउवा निरीह छन् उनकी श्रीमतीका अगाडि। क्षमता भए गरिखान दिनुपर्छ।
तर यसरी खुलेआम वयोवृद्ध नेताले राजनीतिको आचार नै बिर्सेर जतिबेला पनि पदका लागि ¥याल चुहाउनु कहिँ कतैबाट पनि उचित हुँदैन। अझ देउवाले यता ओलीसँग साँठगाँठ गरिरहने र अर्कातिर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पनि मान राखेर ओलीले सत्ता छाडेर आफूलाई नदिए आरजूको नाममा सहमति गराएर अबको सत्ता माओवादीसँग मिलेरै भए पनि चलाउने रणनीति देउवाले बनाएका हुन सक्छन्।
जनभावना साप्ताहिकबाट







डिसी नेपाल








Facebook Comment