अवैध तीन कन्सल्टेन्सीलाई वाणिज्य विभागले गर्यो कारबाही
काठमाडौं । गैरकानुनी रुपमा सञ्चालनमा रहेका तीन कन्सल्टेन्सीलाई वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कारबाही गरेको छ।
ललितपुर महानगरपालिका–५ कुमारीपाटीस्थित प्यासिफिक एजुकेशन कन्सल्टेन्सी प्वाइन्ट प्रालि, एसएस एजुकेशन सोलुशन सर्भिसेज प्रालि, कुमारीपाटी द नेष्ट एजुकेशन कन्सन्टेन्सी अवैध रुपमा सञ्चालनमा रहेको पाइएपछि विभागले कारबाही गरेको हो।
उनीहरूलाई व्यवसायसँग सम्बन्धित दर्ता, नविकरण, भ्याट–प्यान दर्ता, कर चुक्ता, शैक्षिक परामर्श अनुमति पत्र, कम्पनीको आधिकारिक विवरण, प्रवन्धपत्र, नियमावलीलगायतका कागजातसहित तीन दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिइएको छ।
कन्सल्टेन्सी अवैध रुपमा सञ्चालित हुँदा विद्यार्थीहरू ठगीमा पर्ने गरेका छन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment