यसरी हुँदैछ कृष्ण भिरमा सडक पुर्ननिर्माणको काम
काठमाडौं। नागढुंगा-मुग्लिन सडक खण्ड अन्तर्रगत पश्चिम खण्डस्थित कृष्ण भिर क्षेत्रमा यतिबेला सडक पुर्ननिर्माणको कार्य भइरहेको छ।
गतवर्षको असोज ११ र १२ मा भएको भिषण वर्षा पश्चात यस क्षेत्रको सडक किनार करीब ५० सेन्टिमिटर जति दबेको थियो। त्यसपछि विज्ञ हितको टोलीले अध्ययन गरेपश्चात अहिले यस क्षेत्रमा पाइलिङको काम भइरहेको छ। नदीले कटान गरेका स्थानमा पनि चेक ड्याम लगाउने काम भइरहेको छ।
नागढुंगा-मुग्लिन सडक अन्र्तगत पश्चिम खण्डका योजना प्रमुख केदारप्रसाद नेपालका अनुसार २०५७ सालमा यस क्षेत्रमा ठूलो पहिरो आए पश्चात ६-७ वर्ष लगाएर सडक विभागले बायो इन्जििनयरिङ, चेक ड्याम र विभिन्न स्ट्रक्चरहरु लगाएर पुर्ननिर्माण गरेपछि खासै ठूलो समस्या देखिएको छैन।
राजमार्ग विस्तारका क्रममा कृष्णभिरको भिरलाई काट्ने वा भत्काउने योजना नभएको उनले बताए। उनका अनुसार यस राजमार्गमा पहिरोको जोखिम कमगर्न निर्माण व्यवसायी र परामर्शदाताहरुलाई उपकरणहरु तैनाथ राखेर मलेखु, हुग्दी पुल र कुरिनटारमा १२ वटाभन्दा बढी उपकरणहरु २४ सै घण्टा तयारी अवस्थामा रहेका छन्। पहिरो आएर राजमार्ग बन्द हुनासाथ आधा घण्टाभित्र ति उपकरणहरु त्यहाँ पुग्ने उनले बताए।
हाल सम्म यस सड्क खण्डको करीब ३२ प्रतिशत भौतिक प्रगती सम्पन्न भइसकेको द्ध। ४० किलोमिटर लामो यस खण्डमा मलेखु देखि ५ किलोमिटर सर्भे डिजाइन गर्ने क्रममा डाटा फेरबदल हुँदा काममा केहि ढिलाई भएको उनले बताए।
अहिले यस करिडोरमा निर्माण सामग्रीहरु पनि निकै अभाव रहेको छ। ‘एकवर्षमा डेढलाख घनमिटरभन्दा बढी नदिजन्य सामग्रीको आवश्यकता रहन्छ तर स्थानिय निकायहरुसँग राजश्व तिरेर निकाल्दाखेरी करीब ३० हजारको मात्रै अनुमति पाइने भएकाले निर्माण सामाग्रीको अभावले काममा केही ढिलाई भएको उनले बताए। आगामी आर्थिक वर्षमा यस खण्डको काम समापन हुनेछ।











डिसी नेपाल








Facebook Comment