सवारीसाधनको ठक्करबाट पैदलयात्रीको मृत्यु

डिसी नेपाल
६ साउन २०८२ ८:२३
56
Shares

चितवन। सवारीसधानको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका–११ का ३१ वर्षीय राम अवतार रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार गएराति खैरहनी नगरपालिका–१ शाहीचोकमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना३च ६६१० नम्बरको बलेरोले पैदलयात्रीलाई ठक्कर दिएको थियो ।

ठक्करबाट गम्भीर घाइते अवतारको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा गएराति नै मृत्यु भएको हो । ठक्कर दिने बलेरो र चालक प्रहरीको नियन्त्रणमा छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.