कालीगण्डकी नदीमा खसेका युवाको जीवितै उद्धार

डिसी नेपाल
६ साउन २०८२ १२:२३
116
Shares

मुस्ताङ । यहाँको थासाङ गाउँपालिका२ स्थित खन्तीसौरु जोड्ने निर्माणाधीन ‘सस्पेन्सन’ झोलुङ्गे पुलबाट कालीगण्डकी नदीमा खसेका एक युवाको जीवितै उद्धार गरिएको छ।

थासाङ गाउँपालिका१ टुकुचे बस्ने २० वर्षीय युवक पेम्बा शेर्पा पुलबाट खसेका थिए। कोवाङ प्रहरी चौकीका सुरक्षाकर्मी र थासाङ गाउँपालिकाको स्वास्थ्य शाखाका कर्मचारीले संयुक्त रुपमा उद्धार गरेको हो।

सस्पेन्सन ब्रिज डिभिजन कार्यालयले कालीगण्डकी नदीमाथि ५७० मिटर लम्बाइको झोलुङ्गे पुल निर्माण गरिरहेको छ। निर्माणाधीन पुलको दायाँबायाँ तर्फ बार लगाउन बाँकी थियो। उक्त पुलबाट सौरु गाउँतर्फ सामान पु-याउने क्रममा अचानक शेर्पा कालीगण्डकी नदीमा खसेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक विकास खत्रीले जानकारी दिए।

कालीगण्डकी नदीमा खसेका शेर्पाको जीवितै सकुशल उद्धार गरिए पनि अनुहार र शरीरका विभिन्न भागमा चोटपटक लागेको थासाङ गाउँपालिकाका स्वास्थ्य संयोजक नन्दलाल ढकालले जानकारी दिए। घटनाको सूचना चाँडो प्राप्त भएकाले सकुशल उद्धार गर्न सफल भएको स्वास्थ्य संयोजक ढकालको भनाइ छ।

घाइते शेर्पालाई उपचारका लागि थासाङ३ स्थित लेते प्राथमिक स्वास्थ्य केन्द्रमा पठाइएको र त्यहाँबाट थप उपचारका लागि हेलिकोप्टरमार्फत पोखराको मणिपाल शिक्षण अस्पताल पठाउने तयारी भइरहेको जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *