छोरी भेट्न गएका प्रजा मृत भेटिए
भरतपुर। चितवनमा एक पुरुष मृत भेटिएका छन्। कालिका नगरपालिका-९ शक्तिखोर जंगलमा राप्ती नगरपालिका-११ का ५७ वर्षीय कृष्णबहादुर प्रजा मंगलबार साँझ मृत भेटिएका हुन्।
गत असार २८ गते घरबाट कालिका निस्किएका प्रजा बेपत्ता भएका थिए। कालिका नगरपालिका-९ शक्तिखोर बस्ने छोरीलाई भेट्न गएका उनी सम्पर्कमा नआएपछि परिवार र आफन्तले खोजी गर्न थालेका थिए। प्रजाको शव सडेगलेको अवस्थामा फेलापरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रवीन्द्र खनालले जानकारी दिए।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment