थाइल्याण्ड-कम्बोडिया सैन्य झडप: थाइल्याण्डद्वारा सीमावर्ती विद्यालयहरू बन्द गर्ने आदेश

डिसी नेपाल
८ साउन २०८२ १६:००
300
Shares

काठमाडौं । थाइल्याण्ड र कम्बोडियाबीच जारी सैन्य झडपको बीचमा थाइल्याण्डको शिक्षा मन्त्रालयले कम्बोडियाको सीमावर्ती क्षेत्रहरूमा रहेका विद्यालयहरू अस्थायी रूपमा बन्द गर्न आदेश दिएको छ।

बैंककस्थित समाचार आउटलेट थाई इन्क्वायररका अनुसार आवासीय क्षेत्रहरूमा रकेट प्रहार भएपछि सुरिन, सिसाकेट र बुरिराममा ५८२ विद्यालय बन्द गरिएको छ।

खतरा क्षेत्र बाहिर रहेका केही विद्यालयहरूलाई अस्थायी आश्रयको रूपमा पनि प्रयोग गरिँदै आएको बताइएको छ।

यसैबीच, दुई देशबीच जारी झडपपछि कम्बोडियाली सीमा नजिकै थाइल्याण्डको सिसाकेट प्रान्तमा रहेको पेट्रोल पम्पबाट धुवाँ निस्किरहेको देखिएको छ।

झडपको बीचमा, थाइल्याण्डको राष्ट्रिय निकुञ्जका महानिर्देशकले चार वन्यजन्तु आरक्ष र दुई राष्ट्रिय निकुञ्जहरू सेनाका लागि खोल्न आदेश दिएका छन् ताकि उनीहरूले कम्बोडियाको आक्रमणको बदला लिन प्रयोग गर्न सकून्।

थाइल्याण्ड-कम्बोडिया सीमामा जारी झडपमा कम्तीमा १२ जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *