लोडसेडिङ सुरु भएको भन्ने कुरामा सत्यता छैन : हितेन्द्रदेव शाक्य

डिसी नेपाल
११ साउन २०८२ १२:५१
2.1k
Shares

काठमाडाैं। नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले चितवनमा लोडसेडिङ सुरु भएको भन्ने कुरामा कुनै सत्यता नरहेको दाबी गरेका छन्।

आइतबार काठमाडौंमा सञ्चारकर्मीसँग कुरा गर्दै शाक्यले मर्मत कार्यका लागि विद्युत आपूर्ति रोकिएको भन्दै लोडसेडिङ भनेर गलत तरिकाले व्याख्या गरिएको बताए।

चितवनमा रहेको सवस्टेशन अपग्रेड गर्नका लागि पुरानो कन्डक्टर फेर्ने काम भएकाले आइतबार र सोमबार विद्युत आपूर्ति बन्द गर्न लागिएको उनले जानकारी दिए।

शाक्यले पुरानो कन्डक्टरका कारण लोड धान्न नसक्ने अवस्था आएपछि नयाँ कन्डक्टर परिवर्तन गर्न खोजिएको बताए। उनले विधुत क्षमताबृद्धि गर्दा पुरानो नेटवर्क धान्न नसकेका कारण बत्ति जाने समस्या देखिएको उल्लेख गरे।

त्यस्तै शाक्यले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता विवाद समाधानका लागि गठित प्रशासकीय पुनरवलोकन समितिको म्याद थप ३५ दिनका लागि थप गरिएको जानकारी दिए। समितिले निर्णय गरेपछि बक्यौता उठाइने भन्दै शाक्यले बक्यौता उठ्न नसके लाइन काटिने स्पष्ट पारे।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *