अपहरण गरेर फिरौतीको पैसा लिइसकेपछि पनि ३८ बन्धकको हत्या

डिसी नेपाल
१३ साउन २०८२ १५:१६
5.1k
Shares

काठमाडौं । नाइजेरियामा अपहरणकारीहरूले कम्तिमा ३८ जनालाई अपहरणपछि र छुटाउन फिरौती रकम तिरेपछि हत्या गरेको एक स्थानीय अधिकारीले बीबीसीलाई बताएका छन्।

मार्च महिनामा उत्तरी जाम्फारा राज्यको बांगा गाउँबाट ५६ जनालाई अपहरण गरिएको थियो। नाइजेरियाली मिडिया रिपोर्टका अनुसार अपहरणपछि बन्दुकधारीहरूले प्रतिव्यक्ति दश लाख नाइरा फिरौती मागेका थिए।

स्थानीय सरकारका अध्यक्ष मन्निरु हैदरा कौराले मारिनेहरूमध्ये धेरैजसो युवाहरू रहेको बताए जसलाई “भेडा जस्तै मारिएको” थियो।

“अपहरणकारीहरूले फिरौती मागे र केही वार्तापछि उनीहरूलाई पैसा दिइयो। त्यसपछि उनीहरूले शनिबार १७ महिला र एक जवान केटा सहित १८ जनालाई रिहा गरे,” हैदराले भने।

शनिबार रिहा भएकामध्ये १६ जनाको अस्पतालमा उपचार भइरहेको छ भने मारिएका ३८ जनाको शव भेटिने सम्भावना छैन ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *