पूर्वसचिव पन्तलाई पाँच लाख धरौटीमा छाड्न विशेष अदालतको आदेश

डिसी नेपाल
१३ साउन २०८२ १६:४२
136
Shares

काठमाडौं । विशेष अदालतले तत्कालीन भूमिसुधार सचिव छविराज पन्तलाई पाँच लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ।

विशेष अदालतका न्यायाधीश तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले पूर्वसचिव पन्तलाई पाँच लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो।

पतञ्जली योगपीठसँग सम्बन्धित जग्गाको हदबन्दी छुट र सट्टापट्टाको प्रस्ताव उनले नै मन्त्रिपरिषद्‌मा पेस गर्ने निर्णय लिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वसचिव पन्तविरुद्ध १८ करोड ५८ लाख ५० हजार बिगो मागदाबी गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको थियो।

पूर्वसचिव पन्तले तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल र मुख्यसचिव माधवप्रसाद घिमिरेको दबाबमा परेर आफूले प्रस्ताव पेस गरेको विशेष अदालतमा बयान दिएका छन्।

हिजो मात्रै पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई वारेशनामा राख्न रोक लगाएको थियो। तीन वर्षभन्दा बढी कैद सजाय मागमा वारेसनामा राख्न नपाउने नियम रहेको भन्दै विशेष अदालतले स्मरण गराएको थियो।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.