तीजमा अष्ट्रेलियाको अर्बनमा रामजी र शान्तिरानीले प्रस्तुती दिने

डिसी नेपाल
१३ साउन २०८२ १८:३४
100
Shares

काठमाडौं । अष्ट्रेलियाको अर्बनमा तीजको अवसर पारेर सांगीतिक कार्यक्रम हुने भएको छ।

सोही कार्यक्रममा गायक रामजी खाँड र गायिका शान्तीरानी परियारले प्रस्तुती दिने भएका हुन्। भदौँ ६ गते अर्थात अगष्ट २२ मा अर्बनको एनएसडब्लु ग्रान्ड प्लायेसमा सांगीतिक कार्यक्रम हुने भएको हो।

तीजको अवसरमा हुने सांगीतिक कार्यक्रममा प्रवेश शुल्क अर्बन सोसाइटीका अध्यक्ष अरुण श्रेष्ठले जानकारी दिए। उनका अनुसार ५९ डलर र २५ डलर राखिएको छ। अनलाइनबाट भने ५५ डलरमै खरिद गर्न सकिने उनले जानकारी दिए।

विदेशमा रहेका नेपाली महिलालाई आफ्नो संस्कृति तथा चाडपर्वको महत्त्व बुझाउनका लागि यस्ता सांगीतिक कार्यक्रम गरिएको श्रेष्ठले बताए।

विदेशमा बसेर नेपालको चाडपर्व तथा संस्कृतिलाई नभुल्नलाई पनि समयसमयमा यस्तो कार्यक्रम आयोजना गर्नुपरेको उनले बताए।

उनले भने, ’घर र स्वदेशदेखि टाढा हुँदा आफ्नो मौलिक संस्कृति भुल्ने अवस्था आउन सक्ने हुँदा यस्ता कार्यक्रमले नेपालीत्त्वको भावना जगाउँन सक्छ। यहाँ बसेर स्वदेशको संस्कृतिलाई माया गराउन सक्नु पनि हाम्रो दायित्त्व हुन आउँछ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.