सुनामीले जापानमा ४ ह्वेललाई बगाएर किनारामा ल्यायो (भिडियोसहित)

डिसी नेपाल
१४ साउन २०८२ १४:२५
1.8k
Shares

काठमाडौं । रूसमा गएको भूकम्पपछि प्रशान्त महासागरबाट उठेको सुनामी धेरै धेशमा पुगेको छ । जापानमा चिबा प्रान्तको तातेयामा शहर नजिकै सुनामीले समुद्रका चारवटा ह्वेललाई बगाएर किनारामा ल्याएको छ ।

जापानको उत्तरी तटमा ४० सेन्टिमिटरसम्म अग्ला छालहरू आइपुगेका छन्। टोकियोमा करिब २० लाख मानिसहरूलाई आफ्नो घर खाली गर्न आदेश दिइएको छ। जापानले सुनामीका छालहरू एक दिनभन्दा बढी समयसम्म रहन सक्ने बताएको छ।

सुनामीको पहिलो छाल अमेरिकाको अलास्का र हवाईमा आएको छ । क्यालिफोर्नियाका मानिसहरूलाई समुद्र तटबाट टाढा रहन भनिएको छ। चीन, फिलिपिन्स, इन्डोनेसिया, न्यूजील्याण्ड, पेरु र मेक्सिकोले पनि आफ्नो तटीय क्षेत्रमा सुनामी चेतावनी जारी गरेका छन्।

ओरेगन सीमा नजिकै रहेको क्यालिफोर्नियाको क्रिसेन्ट सिटीमा पानीको सतह बढ्दै जाँदा पहिलो सुनामी छालहरू देख्न थालिएको छ।

यहाँ एक फिटभन्दा अग्ला छालहरू अवलोकन गरिएको छ र चाँडै नै थप छालहरू आउने अपेक्षा गरिएको छ। अमेरिकाको पश्चिमी तटको बाँकी भागमा पनि सुनामीको चेतावनी जारी गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.