अमेरिका, जापान, रुसमा सुनामी आइसक्यो, अरू धेरै देशमा पनि सुनामीको चेतावनी जारी
काठमाडौं । फ्रान्स प्रेसका अनुसार पेरु र इक्वेडरको गालापागोस टापुहरूमा पनि सुनामीको चेतावनी जारी गरिएको छ। यी क्षेत्रहरूबाट मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको छ।
भूकम्पको केन्द्रबिन्दु नजिकै भएकाले पूर्वी चीनमा पनि सुनामीको सम्भावना रहेको अधिकारीहरूले बताएका छन्।
यसबाहेक, इन्डोनेसिया र फिलिपिन्समा पनि चेतावनी जारी गरिएको छ। यद्यपि, अन्य क्षेत्रहरूको तुलनामा इन्डोनेसिया र फिलिपिन्समा साना छालहरू आउने सम्भावना छ।
फिलिपिन्सको ज्वालामुखी तथा भूकम्प विज्ञान एजेन्सीले सुनामीको चेतावनी जारी गरेको छ।
यसैबीच, इन्डोनेसियाको मौसम विज्ञान, जलवायु विज्ञान र भूभौतिकी एजेन्सीले पूर्वी इन्डोनेसियाका केही भागहरूमा सुनामीको चेतावनी जारी गरेको छ।
मंगलबार रूसको पूर्वी कामचट्का प्रायद्वीप नजिकै ८.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो। यसपछि रूस, जापान र अमेरिकामा सुनामीको चेतावनी जारी गरिएको थियो।
No ads found for this position


डिसी नेपाल
Facebook Comment