इजरायली गोलीबारीमा कम्तीमा ३० प्यालेस्टिनीको मृत्यु भएको हमास नागरिक रक्षा एजेन्सीको दाबी

डिसी नेपाल
१५ साउन २०८२ १५:१३
40
Shares

काठमाडौं । हमासको नागरिक रक्षा एजेन्सीका अनुसार बुधबार इजरायली गोली लागेर उत्तरी गाजामा मानवीय सहायताको पर्खाइमा रहेका कम्तीमा ३० प्यालेस्टिनीहरूको मृत्यु भएको छ।

गाजा नागरिक रक्षा एजेन्सीका प्रवक्ताले समाचार एजेन्सी एएफपीलाई बताएअनुसार इजरायली गोलीबारीमा ३०० भन्दा बढी व्यक्ति घाइते भएका छन्। यस घटनाको बारेमा इजरायलले भन्यो, “यसको अनुसन्धान भइरहेको छ।”

इजरायली सेना (आईडीएफ) ले गाजाका बासिन्दाहरू सहायता ट्रकहरू वरिपरि भेला भएपछि “चेतावनीपूर्ण गोली” चलाएको बताएको छ, तर “कुनै हताहतको रिपोर्ट छैन”।

एएफपीका अनुसार गाजाको अल-शिफा अस्पतालका निर्देशक मोहम्मद अबु सल्मियाले घटनापछि आफ्नो अस्पतालमा ३५ जनाको शव आइपुगेको बताए।

एसोसिएटेड प्रेसका अनुसार अस्पतालले कम्तीमा ४८ प्यालेस्टिनीहरूको मृत्यु भएको बताएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.