पत्रकार बसन्त योगीको शब्द र कोमल वली स्वर रहेको तीज गीत “सिंगापुरे सारीमा” सार्वजनिक

डिसी नेपाल
१६ साउन २०८२ ९:४४
16
Shares

काठमाडाैं। चर्चित गायीका कोमल वलीको नयाँ तीज गीत “सिंगापुरे सारीमा” विहिबार सार्वजनिक भएको छ।

यादव प्रसाद पन्त र बसन्त योगीको शव्द रहेको गीतमा स्वर कोमल वलीको रहेको छ, भने संगीत एवं एरेन्ज पुष्कर सुनुवारले गरेका छन्। विशेष गरी दर्जनौ लोक तथा दोहोरी गीतमा निकै चर्चा कमाएकी गायीका वलीले नेपाली चलचित्रका गीत समेत गाएकी छिन्।

पछिल्लो समय राजनीतिमा होमिएकी गायीका वलीले यो बर्ष “सिंगापुरे सारीमा” लगाएतका तीज गितमा आफ्नो स्वर भरेकी छिन्।

इच्छा अधिकारी र स्वमं कोमल वलीको अभिनय रहेको गीतको भिडियोको कोरियोग्राफि तथा निर्देशन प्रसान्त मगरले गरेका छन्, भने भिडियो दिनेश पराजुलीले खिचेका हुन् । गायीका वलीको बिहे गर्ने आश अझै नमरेको र त्यसका लागि भगवान शिव जीलाई पुकार गरेको आशय शब्दमा सुन्न पाइन्छ

भिडियो पनि भगवान शिवकै आरधना तथा पुजा गरी विहेको लगन नजुराई दिएको र यस पालिको तीजमा केही हुने अपेक्षलाई समेटिएर भिडियो निर्माण भएको छ। दंगाली गायीका भएकै र कोमल दिदीको बिहेकै बारेमा थिम तयार गरी गीत एवं भिडियो बजारमा ल्याएको रचनाकार तथा प्रोड्युसर यादव प्रसाद पन्तको भनाइ छ।

सात समुन्द्र पारी रहेर पनि नेपाली नारीहरुको महान पर्व तीजलाई मध्यनजर गरेर तीज गीत बजारमा ल्याको पन्तले बताए। गायीका वली दिदीले अत्यन्त राम्ररी गीत गायीदिएको र गीत र भिडियो पनि राम्रो भएकाले श्रोता दर्शकले मन पराईदिने पनि रचनाकार तथा प्रोड्युसर पन्तले बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *