हाइपरसोनिक ओरेस्निक मिसाइल सेवामा प्रवेश गरेको पुटिनको घोषणा

डिसी नेपाल
१७ साउन २०८२ ८:०१
948
Shares

काठमाडौं। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसले आफ्नो नवीनतम हाइपरसोनिक मिसाइलको उत्पादन सुरु गरेको बताएका छन्। उनले शुक्रबार यसलाई सहयोगी राष्ट्र बेलारुसमा यस वर्षको अन्त्यसम्म तैनाथ गर्ने योजना रहेको पुष्टि गरेका हुन्।

‘तयारी कार्य चलिरहेको छ। सम्भवतः यो वर्षको अन्त्यसम्ममा हामीले यो पूरा गर्नेछौँ। ओरेस्निक मिसाइल र तिनका प्रणालीहरूको पहिलो श्रृंखला उत्पादन भई सैन्य सेवामा प्रवेश गरिसकेको छ’, पुटिनले भने।

सेन्ट पिटर्सबर्ग नजिकैको भालाम टापुमा बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्कोसँगै बसेर सेनाले बेलारुसमा ओरेस्निक मध्य–दूरीको ब्यालिस्टिक मिसाइल तैनाथ गर्न स्थानहरू छनोट गरिसकेको पुटिनले जनाएका छन्।

रुसले पहिलोपटक नोभेम्बरमा युक्रेनविरुद्ध ओरेस्निक प्रयोग गरेको थियो। यो प्रयोगात्मक हतियार ड्निप्रोमा रहेको एक कारखानामा प्रहार गरिएको थियो। उक्त कारखाना जुन युक्रेन सोभियत संघको हिस्सा हुँदा मिसाइल बनाउने स्थान (कारखाना) थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *