माओवादीको स्थायी समितिको बैठक आज पनि बस्दै
काठमाडौं। नेकपा (माओवादी केन्द्र) को स्थायी समितिको बैठक आज(आइतबार) पनि बस्दैछ।
गत शुक्रबारदेखि सुरू भएको स्थायी समिति बैठक आज पनि बस्न लागेको हो।
बैठक बिहान ११ः ०० बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने छ।
शनिबारको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गरेको समसामयिक राजनीतिक प्रस्ताव तथा समसामयिक राजनीतिक विषयमा १८ जना स्थायी समिति सदस्य, पाँच पदाधिकारी र एक अनुशासन आयोगका पदाधिकारीले धारणा राखेका थिए।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment