बैठकमा नेतृत्वको विकल्पबारे कुरा उठेको छैनः प्रवक्ता सापकोटा

डिसी नेपाल
१८ साउन २०८२ २०:१६
32
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को स्थायी कमिटी बैठकमा अधिकांशले पार्टी नेतृत्वलाई सबल र सुदृढ बनाउनुपर्ने मत राखेका छन्।

पार्टी उपाध्यक्ष तथा प्रवक्त अग्निप्रसाद सापकोटाले पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा शुक्रबारदेखि सुरु भएको बैठकमा हालसम्म पार्टी नेतृत्वमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को विकल्प खोज्नेबारे कसैले पनि मत नराखेको जानकारी दिए।

बैठकबारे पत्रकारलाई जानकारी गराउँदै उनले भने, ‘बैठकमा नेतृत्वको विकल्प खोज्नेबारे कसैले पनि बोल्नुभएको छैन, बरु स्थायी कमिटीका अधिकांश सदस्यले तत्काल नेतृत्वको विकल्प खोज्ने बेला नभएको धारणा राखेका छन्, पार्टी उपमहासचिव जनार्दन शर्माले पनि नेतृत्वको सम्बन्धमा खासै कुरा गर्नुभएन। सबैले नेतृत्वलाई सबल, सुदृढ गर्नुपर्छ भन्नुभएको छ।‘

शुक्रबारदेखि सुरु भएको स्थायी कमिटी बैठक सोमबार पनि जारी रहने प्रवक्ता सापकोटाले जानकारी दिए। शनिबार र आज धेरैजसो स्थायी कमिटी सदस्य र पदाधिकारीले धारणा राखिसकेकाले सोमबार वरिष्ठ उपाध्यक्ष, महासचिव र अध्यक्षले बोल्नुहुने उनले बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *