हावाहुरीले मकैबालीमा क्षति, किसान चिन्तित

डिसी नेपाल
२१ साउन २०८२ १२:१४
16
Shares

भोजपुर । अविरल बर्सातसँगै आएको हावाहुरीले मकैबालीमा क्षति गरेपछि भोजपुरका किसान चिन्तामा परेका छन्। पाक्न लागेको मकै हावाहुरीले लडाएपछि किसान चिन्तामा परेका हुन्।

मकै सखाप पारेर हावाले ढालेको किसानहरुको भनाइ छ। भर्खर दाना पस्दै गरेको मकै लडेपछि पशुचौपायालाई दिनुपर्ने अवस्था रहेको भोजपुर नगरपालिका५ किसान कमला थापाले बताइन्। फौजी किरा, बाँदरलगायत विभिन्न जङ्गली जनावरलेसमेत मकैबालीमा क्षति पुर्याउँदै आएको कृषकहरुको उनको भनाइ छ।

‘रोग किरा तथा जङ्गली जनावरबाट बचाएको मकै पाक्ने बेलामा हावाले क्षति गर्यो’, उनले भनिन्, ‘मकैबाली क्षति पुग्दा हामी किसान चिन्ता परेका छौँ।’ दाँवा, बोखिम, मझौले, चोलन्ती, गोगने, तिम्मा, श्यमाशिलालगायत जिल्लाका विभिन्न स्थानमा वर्षा र हावाहुरीले मकैबाली क्षति पुर्याएको छ।

भोजपुरमा धान पछिको दोस्रो प्रमुख खाद्य बालीको रुपमा मकै बालीलाई लिन गरिन्छ। हरेक वर्ष मकैबालीमा विभिन्न कारणले क्षति हुँदै आएकाले उत्पादन घट्दै अवस्था रहेको किसानहरुको भनाइ छ। जिल्लाको नौवटै स्थानीय तहमा मकैखेती हुने गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *