श्रीलंकाका कार्यवाहक राजदूतद्वारा गृहमन्त्री लेखकसँग भेटवार्ता

डिसी नेपाल
२१ साउन २०८२ १७:४५
28
Shares

काठमाडौं । गृहमन्त्री रमेश लेखकलाई नेपालका लागि श्रीलंकाका कार्यवाहक राजदूत चामीरा मुनासिंघेले शिष्टचार भेट गरेका छन्। बुधबार गृह मन्त्रालयमा गृहमन्त्री लेखकसँग श्रीलंकाका कार्यवाहक राजदूत मुनासिंघेले भेटवार्ता गरेका हुन्।

उक्त अवसरमा गृहमन्त्री लेखकले नेपाल-श्रीलंकाबिच मित्रवत् सम्बन्धको चर्चा गर्दै बुद्ध भगवान‍्को जन्मस्थल लुम्बिनीको विकासमा श्रीलंकाले पुर्‍याएको योगदानका लागि धन्यवाद दिए। साथै आगामी दिनमा नेपाल- श्रीलंकाबीचको दुई पक्षीय सम्बन्धलाई थप मजबुत बनाउँदै जानुपर्नेमा जोड दिए।

यस्तै कार्यवाहक राजूदतले पनि नेपाल-श्रीलंकाबीचको सम्बन्ध थप प्रगाढ भएर जाने विश्वास व्यक्त गरे। श्रीलंकाली नागरिकका लागि नेपाल एउटा पवित्र स्थान भएको चर्चा गर्दै बुद्ध जन्मस्थल लुम्बिनीको विकासमा श्रीलंकाको साथ सधैँ रहने बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *