प्रधानाध्यापक नियुक्त भएपछि स्वतः शिक्षक महासंघको सदस्यता निष्क्रिय हुने प्रस्ताव पारित

डिसी नेपाल
२२ साउन २०८२ २०:०५
108
Shares

काठमाडौं। आज बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले शिक्षक प्रधानाध्यापक नियुक्त भएपछि स्वतः शिक्षक महासंघको सदस्यता निष्क्रिय हुने प्रस्ताव पारित गरेको छ।

बिहीबार बसेको समितिको बैठकमा शिक्षक प्रधानाध्यापक नियुक्त भएपछि स्वतः शिक्षक महासंघको सदस्यता निष्क्रिय हुने प्रस्ताव पारित गरेको हो।

यस्तै आजको बैठकमा आन्तरिक प्रतिस्पर्धा, जेष्ठता र कार्यसम्पादन तथा कार्यक्षमता मूल्यांकनको आधारमा शिक्षकहरुको बढुवा गर्ने सहमति भएको छ।

मन्त्रालयका सचिव चूडामणि पौडेलले पेस गरेको आन्तरिक प्रतियोगिता, ज्येष्ठता र कार्यसम्पादन मूल्यांकन तथा कार्यक्षमताको मूल्यांकनबाट बढुवा गर्ने प्रस्ताव समिति बैठकबाट पारित भएको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.