बेरुजु अन्त्य गर्न लेखा समितिको सुझाव
काठमाडौं। प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले बेरुजु फछ्र्यौटका लागि राज्यका निकायलाई जवाफदेहि बनाउन सरकारको ध्यानाकर्षण गराएको छ।
सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकले हरेक बर्ष बेरुजु बढ्दै गएकाले कानूनको पूर्ण कार्यान्वयन र कार्यसम्पादनमा बेरुजुलाई जोडेर राज्यका निकायलाई जवाफदेही बनाउन सरकारको ध्यानाकर्षण गराएको हो।
बैठकले चालू आर्थिक बर्षलाई बेरुजु फछ्र्यौट वर्षका रुपमा अभियान कै रुपमा चलाउन समेत सुझाव दिएको समिति सभापति ऋषिकेश पोखरेलले बताए। उनले विभिन्न कार्यालयमा सरुवा गरि पठाउने लेखासम्बद्ध अधिकारीको पछिल्लो दुई आर्थिक वर्षको कार्यकालको कार्यसम्पादन र आगामी कार्ययोजनाका बारेमा प्रतिवेदन नै बनाएर समितिलाई पेश गर्न महालेखा परीक्षक कार्यालयलाई निर्देशन दिए।
बैठकमा महालेखा परीक्षक तोयम रायले बेरुजु बढ्दै गएपनि त्यहि अनुसार फर्छ्यौटको काम पनि अघि बढेको धारणा राखे। उनले मन्त्रालयको बेरुजु कम गर्न सचिवहरुले पनि ध्यान दिनुपर्नेमा जोड दिए।
त्यस्तै बेरुजुको आयतन उच्च भएका १० मन्त्रालयका सचिवहरुले बेरुजु फछ्र्यौटका देखिएका समस्याका बारेमा जानकारी गराएका थिए भने समिति सदस्यहरुले कार्यसम्पादनमा बेरुजुलाई जोडेर नै जवाफदेही बनाउनुपर्नेमा जोड दिएका थिए।
No ads found for this position



डिसी नेपाल
Facebook Comment