तिर्थालुको आकर्षणमा त्रिवेणी पाटन (फोटो फिचर)

डिसी नेपाल
२४ साउन २०८२ ८:४७
28
Shares

त्रिवेणी काखमा रहेका दर्जनौं सुन्दर पाटनले बडिमालिका जाने र आउने भकतालुहरुलाई लोभ्याउँछ। त्रिवेणी पाटक ‘भूस्वर्गको’ नै भएको अनुभूति तिर्थालुले गर्छन्।

सुन्दर हिमाल र मनोरम प्राकृतिक दृश्य त्रिवेणी पाटनका विशेषता हुन्। पाटनबाट तीनवटा मुहान फुटेर बगेको खोलाको संगम रहेकाले यसलाई त्रिवेणी पाटन भनिएको हो।

त्रिवेणी पाटन प्राकृतिक रूपले भन्दा धार्मिक रूपले पनि महत्वपूर्ण छ। पाटनमा रहेको त्रिवेणी खोलामा नुहाए पाप पखालिने र मनोकांक्षा पूरा हुने जनविश्वास रहेको छ। त्यसैले बडिमालिका जाने तिर्थालुहरुले जाँदा र आउँदा त्रिवेणीमा नुहाएर पुण्य कमाउने विश्वास गर्छन् । अछाम, बाजुरा र कालिकोटबाट नजिक पर्ने त्रिवेणी पाटन पछिल्ला दिनमा बडिमालिकाबाहेकको समयमा पनि पर्यटकको रोजाईमा पर्दै गएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.