चीनको विमानस्थल टर्मिनलमा रोबोटबाट सेवा र निरीक्षण

डिसी नेपाल
२६ साउन २०८२ १४:२४
56
Shares

एजेन्सी। चीनमा स्मार्ट प्रविधिहरूको सहायतामा विमानस्थलका यात्रुहरुलाई आवागमन र प्रवेशमा सहजीकरण गर्ने गरेको छ। आप्रवासन क्लियरेन्समा ह्युमनोइड रोबोट जस्ता स्मार्ट प्रविधिहरू प्रयोगमा ल्याइएको छ।

सेल्फ–सर्भिस किओस्क र ह्युमनोइड रोबोट जस्ता स्मार्ट प्रविधिहरू अपनाइएका कारण पूर्वी चीनको झेजियाङ प्रान्तबाट यात्रा गर्न उल्लेखनीय रूपमा सरल भएको छ।
हाङझाउ सियाओशान अन्तर्राष्ट्रिय विमानस्थलको सीमा निरीक्षण क्षेत्रमा, मानवरूपी रोबोटहरू टर्मिनलमा घुम्ने गरेका छन्।

‘हामी रोबोटहरूको क्षमतालाई निरन्तर स्तरोन्नति गर्नेछौं। ताकि तिनीहरूले विभिन्न जटिल निरीक्षणहरू ह्यान्डल गर्न सकून् र आपतकालीन अवस्थामा सहजीकरण गर्न सकुन,’ हाङझाउ सीमा निरीक्षणका अफिसर वु लियाङले भने।

जनवरीमा, विशेष सेल्फ सर्भ किओस्कहरू सुरु गरिएको थियो। जसले यात्रुहरूलाई क्यूआर कोड स्क्यान गरेर आवश्यक कागजातहरू भर्न अनुमति दिन्छ। जसलाई विदेशी प्रवेश कार्ड भनिन्छ। सात भाषाहरूलाई समर्थन गर्ने यस्तो प्रविधि हालसम्म ८६,००० भन्दा बढी यात्रुहरूले प्रयोग गरिसकेका छन्।

‘२०२५ को पहिलो छ महिनामा, हामीले २५ लाख ५० हजार भन्दा बढी सीमा पार गरायौं। जुन वार्षिक रूपमा १२.३ प्रतिशतले वृद्धि हो,’प्रहरी अधिकारी लिउ जियानीले भने।

चीनको भिसामुक्त यात्रा कार्यक्रमका कारण वर्षको पहिलो दुई त्रैमासिकमा चीनको आन्तरिक विदेशी पर्यटन स्थिर देखिएको छ। (सीसीटीभप्लस)




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.