संसदीय समितिमा गृह मन्त्री जाने, कैलाली कारागार घटनावारे जानकारी लिइने

डिसी नेपाल
२८ साउन २०८२ ७:०६
140
Shares

काठमाडौं। संघीय संसद अन्तर्गतका तीन समितिको बैठक बस्दैछ। संघीय संसद सचिवालय सिंहदरवारमा उक्त बैठक बस्नेछ।

जसअनुसार कानुन, न्याय तथा मानव अधिकार समितिमा गृहमन्त्री रमेश लेखक जाँदैछन्। जुन बैठकमा कैलाली कारागारमा साउन २३ गते घटेको घटना, सोको प्रभाव र समस्या समाधानका उपायहरू बारे गृहमन्त्रीसँग छलफल गरिनेछ।

जुन बैठक बिहान १०ः०० बजेबाट सुरू हुनेछ। उता, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा भने महालेखापरीक्षकको ६२ औं वार्षिक प्रतिवेदनमा समेटिएका मूलभूत पक्षहरुका बारेमा छलफल हुनेछ । जुन बिहान ११ः०० बजे बोलाइएको छ।

र, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा पुरानै अजेन्डा भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२ का सम्बन्धमा छलफल हुनेछ। सो बैठक बिहान ११ः०० बजेबाट सुरू हुनेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *