डोको, थुन्से र ढाकर बेचेर परिवार पाल्छन् परियार

डिसी नेपाल
३० साउन २०८२ ८:१९
24
Shares

गलेश्वर (म्याग्दी)। बेनी नगरपालिका–९ तोरीपानीका ४९ वर्षीय शेरबहादुर परियारले बाँस र निगालोको चोया काडेर डोका,डाला थुन्से, ढाकर बनाउँछन्। बाँसका वस्तु बनाउन सिपालु कालीगढ उनले आफ्ना उत्पादन बेचेर मासिक रु १२ हजार आर्जन गर्दै आएका छन् आफ्नो पाँच सदस्यीय परिवारको भरणपोषण यही रकमबाट हुँदै आएको छ ।

उन्नाइस वर्षको उमेरदेखि बाँस र निगालाको चोयामा उनले सीप भर्न थालेका हुन्। डोकाडाला बनाउने उनको जाँगर जवानको जस्तै छ । “अझै जवान छु जस्तो लाग्छ तर ५० वर्षको हुन लागेछु”, पसिनाले पोतिएको अनुहारमा मुस्कान ल्याउँदै उनले भने ।

विपन्न परिवारका परियारले काम नगरे साँझ बिहान हातमुख जोर्न हम्मेहम्मे पर्ने गरेको थियो अब त्यस्तो अवस्था नरहेको उहाँ गर्वका साथ सुनाउँछन्। “विगतमा बजारमा बेच्न जानुपथ्र्यो अहिले घरमै ग्राह आउँछन्,” उनले भने । परियारले डोको बुनेर नै छोराछोरीलाई पढाउनुभयो, बिहे गरिदिए ।

परियारले दैनिक पाँच वटासम्म डोका बुन्ने गरेका छन्। एउटा डोको रु २५० देखि ३५० सम्ममा बिक्री हुने गरेको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *