मेड इन इंडिया’ लडाकु विमानका लागि आफ्नै जेट इन्जिन हुनुपर्छः प्रधानमन्त्री मोदी

डिसी नेपाल
३० साउन २०८२ ९:२०
228
Shares

काठमााडैं ।  भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले स्वदेशमै निर्मित लडाकु विमानहरूका लागि अब देशले आफ्नै जेट इन्जिन बनाउनुपर्ने आवश्यकता औंल्याएका छन् । स्वतन्त्रता दिवसको अवसरमा लाल किल्लाको प्राचीरबाट राष्ट्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले आत्मनिर्भर भारतलाई विकसित भारतको आधार बताए ।

प्रधानमन्त्री मोदीले भने, ‘विकसित भारत निर्माणको दिशामा हामी अब समुद्र मन्थनतर्फ पनि गइरहेका छौं । समुद्रभित्र लुकेका तेल तथा ग्यासको भण्डार पत्ता लगाउन देशले मिशन मोडमा काम गर्नेछ ।’

उनले भारतका वैज्ञानिक, इन्जिनियर, युवाशक्ति र सबै सरकारी निकायहरूलाई आह्वान गर्दै भने, ‘हाम्रो आफ्नै ‘मेड इन इंडिया’ लडाकु विमानका लागि अब हाम्रो आफ्नै जेट इन्जिन चाहिन्छ ।’

प्रधानमन्त्री मोदीले आत्मनिर्भरतालाई केवल आयात–निर्यात, रुपैयाँ–डलरको मामिला मात्र नभई देशको सामथ्र्यसँग प्रत्यक्ष सम्बन्धित भएको बताए । उनले भने, ‘जो अरूमा अत्यधिक निर्भर रहन्छ, त्यसको स्वतन्त्रता पनि धमिलिन थाल्छ ।’

प्रधानमन्त्री मोदीले ‘अपरेशन सिंदूर’ का वीर सैनिकप्रति सम्मान प्रकट गर्दै भने, ‘आज मलाई लाल किल्लाको प्राचीरबाट ती जाँबाज सैनिकलाई सलाम गर्ने मौका मिलेको छ, जसले शत्रुलाई कल्पनाभन्दा बाहिरको सजाय दिएका छन् ।’

उनले थपे, ‘भारतले अब न्यूक्लियर धम्कीहरू सहने छैन, ब्ल्याकमेलिंगलाई अब स्वीकार्ने छैन ।’

पछिल्लो समय जम्मू–कश्मीरको पहलगाममा आतंकवादीहरूले सीमा पार गरेर गरेको हत्याकाण्डलाई स्मरण गर्दै प्रधानमन्त्रीले भने, ‘आतङ्ककारीहरूले धर्म सोधी–सोधी निर्दोष नागरिकहरूको हत्या गरे । पत्नीको सामुनी श्रीमान्लाई, छोराछोरीको अगाडि बाबुलाई गोली हानी हत्या गरियो । यसले सम्पूर्ण भारतलाई आक्रोशित बनाएको छ ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.