पाकिस्तान प्रशासित कश्मीरमा बादल फुट्दा ठूलो क्षति, कम्तिमा आठ जनाको मृत्यु भइसकेको पुष्टि

डिसी नेपाल
३० साउन २०८२ १५:०७
72
Shares

काठमाडौं । पाकिस्तान प्रशासित कश्मीरमा बिहीबार बादल फुटेर आएको बाढीका कारण कम्तीमा आठ जनाको मृत्यु भएको छ भने सयौं पर्यटक अलपत्र परेका छन्।

बीबीसी उर्दूका अनुसार वर्षा र बादल फुट्दा एकै परिवारका छ जनाको मृत्यु भएको छ। उद्धारकर्मीहरूले श्रीमान, श्रीमती र तीन बच्चाहरूको शव निकालेका छन्। बालिकाको खोजी अझै जारी छ।

भारी वर्षाका कारण मुजफ्फराबाद, नीलम बाग, नीलम उपत्यका र झेलम उपत्यका जिल्लाका सबै विद्यालयहरूमा बिदा घोषणा गरिएको छ। प्रभावित परिवारहरूलाई विद्यालय भवनहरूमा स्थानान्तरण गर्न आदेश जारी गरिएको छ।

पहिरोका कारण कश्मीरलाई इस्लामाबादसँग जोड्ने कोहला र एबटाबाद पासहरू बन्द गरिएका छन्। नीलम बाग जिल्ला पनि स्थल मार्गबाट काटिएको छ।

पर्यटकीय स्थल नीलम उपत्यकाको शिविरमा महिला र बालबालिकासहित पाँच सयभन्दा बढी पर्यटक अलपत्र परेका छन्।

पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको तल्लो दिरमा वर्षा र आकस्मिक बाढीका कारण पाँच जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।

बाजौर जिल्लाको सलारजाई तहसीलमा बादल फुटेर चट्याङ पर्दा १६ जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

बाजौरका उपायुक्त शाहिद अलीले सञ्चारमाध्यमलाई बताएअनुसार अहिलेसम्म १६ जनाको शव निकालिएको छ भने ३ जना घाइतेलाई उपचारको लागि खार जिल्ला मुख्यालय अस्पताल पठाइएको छ।

खैबर पख्तुनख्वाको मानसेहरा क्षेत्रमा अचानक आएको बाढीमा एउटा कार बगाएको छ। यसमा दुई जनाको मृत्यु भएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *