१ लाख १० हजार धरौटी बुझाएर चक्रे मिलन रिहा

डिसी नेपाल
३० साउन २०८२ १५:२४
204
Shares

काठमाडौं । गुन्डा नाइके चक्रे मिलन (मिलन गुरुङ) रिहा भएका छन्। जिल्ला अदालत भक्तपुरले पनि धरौटीमा रिहा गर्न आदेश दिएसँगै उनी उनी हिरासत मुक्त भएका हुन्।

जिल्ला अदालत भक्तपुरका न्यायाधीश रामप्रसाद न्यौपानेको इजलासले उनलाई १ लाख १० हजार धरौटीमा छाड्न आदेश जारी गरेको थियो। यससँगै उनले तोकिएको धरौटी बुझाइसकेका छन्।

चक्रेविरुद्ध बिहीबार ज्यान मार्ने उद्योगको कसुरमा मुद्दा दर्ता भएको थियो। एक वर्षअघिको ज्यान मार्ने उद्योगको कसुरको मुद्दामा चक्रेविरुद्ध जाहेरी परेको थियो।

आफ्नो भतिज मनिष रायमाझीलाई १० भदौ २०८१ मा सानोठिमीस्थित दिव्यश्जरीमा रहेको बड्डाको तावा रेस्टुरेन्टमा आक्रमण गरेको भन्दै उनका काका दिनेशकुमार रायमाझीले जाहेरी दिएका थिए।

सर्लाहीको हरिवन नगरपालिका–४ घर भएका २५ वर्षीय अजित खवाससहितका व्यक्तिले आक्रमण गरको भन्दै जाहेरी परेकोमा चक्रेको समेत नामसमेत उल्लेख थियो।

जाहेरीपछि प्रहरीले खवासलाई पक्राउ गरेर अनुसन्धान गरी मुद्दा चलाएकोमा चक्रेको हकमा वतन नखुलेको भन्दै प्रतिवादी बनाइएको थिएन।

चक्रे बुधरबार मात्रै जिल्ला प्रहरी परिसरको हिरासतबाट छुटेका थिए। न्यायाधीश खिमानन्द भुसालको आदेशअनुसार अभद्र व्यवहारको कसुरमा उनी ३० हजार धरौटी तिरेर रिहा भएका थिए।

भक्तपुरमा अर्को मुद्दा रहेकाले उनलाई त्यसपछि भक्तपुर प्रहरीको जिम्मा लगाइएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.