पश्चिम बंगालमा सडक दुर्घटनामा १० जनाको मृत्यु, ३५ तीर्थयात्री घाइते

डिसी नेपाल
३० साउन २०८२ १५:५९
16
Shares

काठमाडौं । पश्चिम बंगालको पूर्वी बर्धमान जिल्लामा भएको सडक दुर्घटनामा १० जनाको मृत्यु भएको छ भने ३५ जना घाइते भएका छन् ।

“शुक्रबार बिहान, तीर्थयात्रीहरू बोकेको एउटा निजी बस पूर्वी बर्दवानबाट दुर्गापुर जाँदै गर्दा सडकमा पार्क गरिएको ट्रकको पछाडि ठोक्कियो,” एक अधिकारीले समाचार एजेन्सी पीटीआईलाई बताए।

बस र ट्रक ठोक्किँदा १० जनाको घटनास्थलमै मृत्यु भएको छ। घाइते सबैलाई वर्धमान मेडिकल कलेज अस्पतालमा भर्ना गरिएको छ। दुर्घटनामा परेका सबै तीर्थयात्री बिहारका बासिन्दा भएको बताइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *