जाजरकोटको रौलाखेत खोलाले सतर्कता तह नाघ्यो, सतर्कता अपनाउन आग्रह
काठमाडौं। जल तथा मौसम विज्ञान विभागले जाजरकोटस्थित नलगाड रौलाखेत जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको जनाएको छ।
विभागले जलसतह बढ्दो क्रममा रहेकाले तटीय क्षेत्रमा बसोबास गर्ने स्थानीय बासिन्दाहरूलाई सतर्क रहन अनुरोध समेत गरेको छ।
सम्भावित जोखिमलाई मध्यनजर गर्दै स्थानीय तह, सुरक्षा निकाय तथा सरोकारवाला निकायलाई पनि आवश्यक पूर्वतयारी गर्न विभागको आग्रह छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment