जम्मू-कश्मीरमा फेरि बादल फुट्दा चार जनाको मृत्यु
काठमाडौं । केन्द्रीय मन्त्री डा. जितेन्द्र सिंहले एक्समा पोस्ट गर्दै कठुआमा भएको बादल फुटेको घटनामा चार जनाको मृत्यु भएको जानकारी दिएका छन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, “जंगलोट क्षेत्रमा बादल फुटेर भएको दुर्घटनामा चार जनाको मृत्यु भएको छ। यसले रेलवे ट्र्याक र राष्ट्रिय राजमार्गमा पनि क्षति पुर्याएको छ।”
उनले लेखे, “जानकारी पाएपछि, मैले एसएसपी कठुआ शोभित सक्सेनासँग कुरा गरेको छु। नागरिक प्रशासन, सेना र अर्धसैनिक बलहरू तुरुन्तै सक्रिय भए।”
डा. जितेन्द्र सिंहले मृतकका परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै अवस्थाको निरन्तर निगरानी भइरहेको बताएका छन्।
यसअघि अगस्ट १४ मा किश्तवाडको चाशोती क्षेत्रमा बादल फुटेपछि भएको दुर्घटनामा ६० जनाको शव फेला परेको थियो।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment