ट्राफिक प्रहरीद्वारा ४१ सवारीसाधन सम्बन्धित धनीलाई हस्तान्तरण

डिसी नेपाल
१ भदौ २०८२ २१:४७
72
Shares

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले विभिन्न स्थान र मितिमा चोरी भएका ४१ वटा दुईपाङ्ग्रे सवारीसाधन फेला पारी आज सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ।

यहाँ आयोजित कार्यक्रममा १९ मोटरसाइकल र २२ वटा स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण गरिएको कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले जानकारी दिए। उनले सवारी धनीको निवेदनका आधारमा खोजी गरेर आज सम्बन्धित व्यक्तिलाई हस्तारण गरिएको बताए।

खोजी गर्ने क्रममा केहीमा सोही नम्बर प्लेट र केहीमा नक्कली नम्बर प्लेट राखेको पाइएको प्रहरीले जनाएको छ। यी सवारीसाधन काठमाडौं उपत्यकाका जगाती, ठिमी, थली, नरेफाँट, काडाँघारी, लैनचौर, चापागाउँ, नयाँबानेश्वर, हात्तीसार, एयरपोर्ट, सिफल, पुरानो बसपार्क, स्वयम्भू, गोकर्ण, सुन्दरीजल, कपन, धापाखेल, गल्फुटार, नेपालटार, नयाँबसपार्क, बालाजुलगायतका स्थानबाट फेला पारिएको प्रमुख अधिकारीले बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *