महत्त्वपूर्ण बैठकअघि ट्रम्पको स्पष्ट अडान-‘युक्रेन नेटोमा सामेल हुँदैन, क्रिमिया पनि फिर्ता पाउँदैन’
काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की र युरोपेली नेताहरूसँगको भेटअघि रुस र युक्रेनबीच चलिरहेको युद्धको बारेमा आफ्नो अडान स्पष्ट पारेका छन्।
“युक्रेनी राष्ट्रपति जेलेन्स्कीले चाहेमा रुससँगको युद्ध लगभग तुरुन्तै समाप्त गर्न सक्छन्, वा उनी लडाईं जारी राख्न सक्छन्,” उनले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोशलमा लेखे।
उनले थपे: “यो कसरी सुरु भयो सम्झनुहोस् । ओबामाको तर्फबाट दिइएको क्रिमिया फिर्ता हुने छैनन् (१२ वर्ष पहिले, एक गोली नचलाईकन!), र युक्रेन नेटोमा सामेल हुने छैनन्। केही कुराहरू कहिल्यै परिवर्तन हुँदैनन्।”
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की सोमबार भेट्ने कार्यक्रम छ। जेलेन्स्कीसँगै बेलायती प्रधानमन्त्री केयर स्टारमर र धेरै युरोपेली नेताहरू पनि यस बैठकमा सहभागी हुनेछन्।
ट्रम्प-जेलेन्स्की बैठकमा बेलायती प्रधानमन्त्री केयर स्टारमर, इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनी, जर्मनीका चान्सलर फ्रेडरिक मर्ज, फिनल्याण्डका राष्ट्रपति अलेक्जेन्डर स्टब, फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोन, नेटो महासचिव मार्क रुट, युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डर लेयन लगायत सहभगी हुँदैछन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment