घोंगी टिप्दा पोखरीमा डुबेर वृद्धाको मृत्यु
राजविराज (सप्तरी)। घोंगी टिप्ने क्रममा यहाँको अग्निसाइर कृष्णासवरण गाउँपालिकामा आज एक वृद्धाको पोखरीमा डुबेर ज्यान गएको छ।
सो गाउँपालिका–२ सीतापुरका स्थानीय ७२ वर्षीयासजनी सदाको पोखरीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ। घरदेखि करिब दुई किलोमिटर उत्तरमा रहेको रञ्जन चौधरीको निजी पोखरीमा घोंगी टिप्ने क्रममा डुबेर उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए। घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
त्यसैगरी खडक नगरपालिका–६ मा श्रीकृष्णाजन्मष्टमीको मूर्ति सेलाउने क्रममा पोखरीमै डुबेर आज साँझ एक युवकको मृत्यु भएको छ।
मृत्यु हुनेमा खडक नगरपालिका–७ बस्ने १८ वर्षीय राजा चौधरी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जीतेन्द्रकुमार बस्नेतले जानकारी दिए। उनका अनुसार श्रीकृष्णाजन्मष्टमीको अवसरमा गाउँमा बनाइएको मूर्ति सेलाउन पोखरीमा जाँदा उनी डुबेका हुन्। डुबेर अचेत भएका चौधरीलाई गाउँलेहरुले राजविराजस्थित छिन्नमस्ता अस्पतालमा उपचारका लागि ल्याएका थिए। उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।







डिसी नेपाल







Facebook Comment