सात सय ४६ हेक्टर वनक्षेत्र अतिक्रमण
नवलपरासी। बर्दघाट सुस्ता पश्चिम नवलपरासीमा ७४६ हेक्टर क्षेत्रफल वन अतिक्रमण भएको छ।
बर्दघाट नगरपालिका र सरावल गाउँपालिकामा २८८ दशमलव पाँच हेक्टर क्षेत्रफल, सुनवल नगरपालिकामा १७३ दशमलव ९९ हेक्टर क्षेत्रफल, रामग्राम नगरपालिका र पाल्हीनन्दन गाउँपालिकामा १५७ दशमलव ८२ हेक्टर क्षेत्रफल, प्रतापपुर र सुस्ता गाउँपालिकामा १२६ दशमलव ५१ हेक्टर क्षेत्रफल वन अतिक्रमण भएको डिभिजन वन कार्यालय नवलपरासीका सूचना अधिकारी मोसाफिर भगतले जानकारी दिए।
उनका अनुसार अतिक्रमण गरिएपछि वनको क्षेत्रफल घट्दै गएको छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment